एनआइसी एसिया लघुवित्तको देशैभरि वित्तीय साक्षरता सम्पन्न

एनआईसी एशिया लघुवित्तले जेठ १७ गतेदेखि ३१ गतेसम्म सात वटै प्रदेशका विभिन्न शाखामा कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता प्रदान गरेको छ ।

कोशी प्रदेशका ८ शाखामा ४६५ जना, मधेश प्रदेशका ८ शाखामा ४६० जना, बागमती प्रदेशका ७ शाखामा ४३० जना, गण्डकी प्रदेशका ७ शाखामा ३९० जना, लुम्बिनी प्रदेशका ९ शाखामा ६९५ जना, कर्णाली प्रदेशका ८ शाखामा ४०० जना, र सुदुर पश्चिम प्रदेशका ८ शाखामा ६०५ जना गरी कूल ३,४४५ जना सदस्यहरु लाभान्वित भएका छन् ।संस्थाले ग्रामिण परिवेशका विपन्न वर्गका सदस्यहरुलाई वित्तीय पहुँचमा असहजता अन्त्य गर्नका लागि यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ ।

लघुवित्तको आम ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न विधामा तालिम गोष्ठी सेमिनार कार्यक्रमहरु गर्दै आइरहेको छ .