संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज सोमबार पनि बस्दैछ। बैठक बिहान ११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ।
सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै, अर्थमन्त्री पौडेलले आव २०८२र८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिनेछन्।
यसैगरी, आजको बैठकमा ‘संवैधानिक परिषद् ९काम कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशाधन० विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची पनि छ।
हिजो आइतबारको बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्षी दलहरु रास्वपा र राप्रपाले अवरोध गरेका थिए। दुई दलको अवरोधका बाबजुध पनि सभामुख देवराज घिमिरेले बैठक अघि बढाउनुभएको थियो ।

 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            