नेपाल रत्न तथा आभूषण संघले बजेटमा भएको असमान कर नीतिको गर्यो विरोध

हिरा तथा बहुमूल्य पत्थरलाई मूल्य अभिवृद्धिकर नलाग्ने वस्तुको सूचीबाट हटाइएको र सुनमा विलासिता कर लगाइएको प्रति नेपाल रत्न तथा आभुषण संघको गम्भीर आपत्ति जनाएको छ।

संघले काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरेर विज्ञप्ति जारी गर्दै नयाँ बजेटमा भएका यी व्यवस्थाप्रति आपत्ति जनाएको हो। संघले हिरा र बहुमूल्य पत्थरलाई पुन: मूल्य अभिवृद्धिकर छुट हुने वस्तुको सूचीमै राख्नुपर्ने, सुनमा विलासिता कर लगाउने प्रावधान खारेज गर्नुपर्ने र सुनचाँदी, हिरा तथा बहुमूल्य पत्थरको कारोबारसम्बन्धी स्पष्ट नीति, निर्देशिका अविलम्ब जारी गर्नुपर्ने, गरगहना व्यवसायलाई समेत ड्युटी ड्र ब्याकको सुविधा प्रदान गर्नुपर्ने लगायतका माग गरेको छ।

सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेटका क्रममा आर्थिक अध्यादेशमार्फत गरिएका केही व्यवस्थाले गरिरहेको सुन, हिरा र बहुमूल्य पत्थरको व्यवसाय धराशायी हुने अवस्थामा पुगेको संघले जनाएको छ।संघका अनुसार सुनचाँदी, हिरा र बहुमूल्य पत्थर व्यवसायमा २५ हजार हाराहारी व्यवसायीको करिब ३.५ खर्ब रुपैयाँ लगानी छ। वार्षिक १ खर्ब रुपैयाँभन्दा माथिको कारोबार हुन्छ।