ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्रसारण गरेबापत लिने शुल्क ‘ह्विलिङ चार्ज’को विषयलाई चाँडो टुंग्याउन विद्युत् नियमन आयोगलाई निर्देशन दिएका छन्।
आज सोमबार ऊर्जा मन्त्रालयमा ‘ह्विलिङ चार्ज’सम्बन्धी भएको छलफलमा मन्त्री खड्काले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा ल्याइसकेकाले विद्युत् प्रसारण गर्दा लाग्ने ‘ह्विलिङ चार्ज’को विषयलाई चाँडो टुंग्याउन निर्देशन दिएका हुन्।
‘सरकारले लिएको ऊर्जा विकासका लक्ष्यलाई पूरा गर्न निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणको बाटो खोलिएको छ, प्रसारण लाइन निर्माण गरेवापतको लाग्ने शुल्क टुंग्याउन नसक्दा काम अगाडि बढ्न सकेको छैन, एक हप्ताभित्र ह्विलिङ चार्जको विषयलाई टुंग्याउनुहोस्,’ मन्त्री खड्काले भने।