प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।

मंगलबार साँझ पूर्व राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको थियो । उहाँहरुबीच एक घण्टाभन्दा लामोसमय कुराकानी भएको  छ।

ओलीकै प्रस्तावमा दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारी र प्रधानमन्त्री ओलीबीचको सम्बन्धमा पछिल्लो सयम तिक्तता आएको सार्वजनिक टिप्पणी भइरहेका बेला भएको यो भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भेटमा राष्ट्रपति भण्डारी र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

भेटमा भण्डारीले हालै भएको आफ्नो चीन भ्रमणका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको हो ।

एमालेको भावी अध्यक्षको आकांक्षासहित पूर्वराष्ट्रपति भण्डारी एमालेमा पुनः सक्रिय हुन खोजेपछि आोली भण्डारीप्रति शशंकित देखिनुहुन्छ ।