नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली पार्टी र सरकारको को मूल नेतृत्वमा हुनुहुन्छ । सरकारमा कांग्रेसको सहमति सहित नेतृत्वमा भएपनि पार्टीमा बहुमत पुर् याउन गरेको प्रयासलाई षड्यन्त्र देख्न थाल्नुभएको छ ।
पछिल्लो पटक त्यसको शिकार भएर भीम रावल र बामदेव गौतम पार्टीबाट टाढा भएपनि एमाले अध्यक्ष ओलीलाई गाहे परेको छ ।
आफू बहुमतका आधारमा निर्वाचित हुँदा लोकतान्त्रिक प्रक्रिया ठान्ने तर त्यही बहुमत अरु कसैले निर्माण गर्न खोज्यो र आफूलाई चुनौती दियो भने षड्यन्त्र भन्ने गर्नुहुन्छ । त्यो मनस्थितिको प्रभाव जनवर्गीय संगठनहरूमा देखा परिरहेको छ ।
अध्यक्षको लागि चुनाव गर्दा अल्पमत–बहुमत हुने र त्यसले पार्टीमा अन्तरविरोध पैदा गर्ने जबजविरोधी भाष्य जबर्जस्ती खडा गरेर माथिबाट तोकेको पात्रलाई टिका लगाउने अभ्यासलाई त्यसैको परिणाम हो भन्छन् एमाले नेताहरू ।
षड्यन्त्रको सिद्धान्तबाट निर्मित यस्तो मनोदशा पार्टी संगठनमा मात्र होइन सत्ता सञ्चालनमा पनि प्रकट भएको पाइन्छ । जन्मजात प्रतिस्पर्धी पार्टी नेपाली कांग्रेसको बुई चढेर सत्ताको नेतृत्व गरिरहेको एमालेले देशी–विदेशी शक्तिले सरकारलाई घेराबन्दी गरेको दाबी गर्दै आएको छ ।
शंकर पोखरेलहरूले सार्वजनिक कार्यक्रमबाटै आफ्ना अध्यक्ष र पार्टीलाई कमजोर बनाउन माओवादी, रास्वपा, एकीकृत समाजवादीलगायतले षड्यन्त्र रचेको आरोप लगाउने गरेका छन् ।
तर, दुर्ई दलीय प्रणालीका वकालतकर्ता उनले बहुमत नल्याएको र पहिलो पार्टीको अध्यक्षसमेत नभएको अवस्थामा ओली प्रधानमन्त्रीको कुर्सीमा पुगेको वास्तविकतालाई भने लुकाउने गरेका छन् ।
‘हाम्रो एकल बहुमत छैन । उहाँ ओली संसद्को सबैभन्दा ठूलो दलको अध्यक्ष पनि होइन । अनि पहिलोचोटि प्रम हुन लागेका चामत्कारिक नेता पनि होइन । तर पनि प्रधानमन्त्री हुनुभएको छ भने घेराबन्दी भयो कसरी भन्ने ? प्रश्न उठेको छ ।
बरु एमालेले पो घेराबन्दी गरिरहेको देखिन्छ । सरकारको नेतृत्व गरिरहेको उसको सत्ताको महत्वपूर्ण अवयव अदालत, संवैधानिक निकाय, कर्मचारी प्रशासनमा जबर्जस्त प्रभाव छ ।
संसदको दोस्रो ठूलो शक्ति हुँदै हो । अनि काठमाडौँ कब्जा गर्न सडकमा मान्छे पनि उसैले उतारेको छ । त्यसैले पनि ओलाीलाई समस्या देखिएको विश्लेषकहरु बताउँछन् ।