पूर्वमन्त्री शास्त्रीको शरिरमा आज दागबत्ती दिइने

पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका दिवंगत केन्द्रीय सदस्य ढुण्डिराज शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।

९० वर्षीय शास्त्रीको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा अस्ति सोमबार बिहान निधन भएको थियो ।

पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली अर्पण कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले शास्त्रीको पार्टीको झण्डा ओढाएर सम्मान गरेका छन् ।

पार्टीका पदाधिकारी, नेताकार्यकर्तालगायत सानेपा पुगेर शास्त्रीलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । शास्त्रीको पार्थिव शरीर केहिबेरसम्म पार्टी कार्यालयमै राखिने छ ।
त्यसपछि सपरिवारले शास्त्रीको शरिर पशुपति लगेर आजै दागबत्ती दिइने जनाइएको छ ।