पुराना तीन दल र तीन टाउकाहरूबाट अब पनि केही आशा गर्नु भनेको गोरूबाट दूधको आशा गर्नु जस्तै हो भन्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई लेख्छन्
शिक्षा सम्बन्धी विधेयक, निजामती सेवा सम्बन्धी विधेयक लगायतका महत्वपूर्ण विधेयकहरूमा संसदीय समितिले गरेका निर्णयहरू समेत मन्त्रीपरिषद्बाट उल्टाउने प्रयास गर्ने सत्ताधारी दलहरूको हर्कत र भिजिट भिसा प्रकरणमा निर्लज्ज ढंगले आत्मसमर्पण गर्ने र सत्ता मोलतोल, आआफ्ना अपराधको ढाकछोपमा हमेशा निर्लिप्त रहने प्रमुख प्रतिपक्षको घिनलाग्दो भूमिकाले नयाँ र वैकल्पिक शक्तिहरू वीच सदन र सडकमा एकीकृत संघर्षको माग गर्दैछ।
पुराना तीन दल र तीन टाउकाहरूबाट अब पनि केही आशा गर्नु भनेको गोरूबाट दूधको आशा गर्नु जस्तै हो। वेलाबखत भावनामा बगेर उनीहरूसंग गरेको संसर्ग नयाँ र वैकल्पिक शक्तिहरू तथा देश र जनतानिम्ति प्रत्युत्पादक रहेको तीतो अनुभवबाट सबैले पाठ सिकौं।