नेपाल सरकारले यसअघि अध्यादेशमार्फत ऐन संशोधन गरेर र आगामी आर्थिक वर्षको बजेटमार्फत होटललाई उद्योगको मान्यता दिने भनेपछि प्राधिकरणले होटललाई औद्योगिक वर्गमा रुपान्तरण गर्ने प्रक्रिया सुरु गरेको हो ।
प्राधिकरणले यसका लागि विद्युत् नियमन आयोगलाई पत्राचार गरेको छ । प्राधिकरणले यहीँ असार मसान्तदेखि नै होटललाई नयाँ विद्युत महशुल दर उद्योगसरह अनुसार विलिङ गर्नुपर्ने भन्दै नियमन आयोगलाई पत्राचार गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशन हितेन्द्रदेव शाक्यका अनुसार हालसम्म होटल ग्राहकहरु कमर्सियलमा छैनन् । अब भने बजेटले घोषणा गरे बमोजिम उक्त वर्गमा राख्नका लागि प्राधिकरणले आयोगलाई पत्राचार गरेको उनको भनाइ छ । आयोगले औद्योगिक वर्गमा राखिदिएपछि प्राधिकरणले होटललाई उद्योगसरह महशुल तोकेर बिलिङ गर्नेछ । यस कार्यबाट होटलको लागतमा समेत काम हुनेछ होटल संघ नेपालले विगत लामो समयदेखि यस विषयमा ताकेता गर्दै आइरहेको थियो होटललाई उद्योग सरह मान्यता दिनुपर्ने पनि संघको अडान कायम छ ।