नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी सेवा प्रदायक संस्था मध्ये नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम स्वीकृति पत्र प्रदान गरिएको छ । नेपालको इतिहासमै दुई ठूला डिजिटल वालेट एक भएर एकीकृत कारोवार हुन लागेको यो नै पहिलो पटक हो । नेपालमा डिजिटल कारोबारको इतिहास हेर्ने हो भने त्यति धेरै लामो समय नभएतापनि यसको प्रयोग भने तिब्र गतिमा भएको छ ।