सिटिजन्स बैंक इन्टरनेसनल र लेकसाइड, पोखरास्थित टीका रिसोर्टबिच छुट प्रदान गर्ने समझदारी भएको छ । समझदारीपत्रमा उल्लेख भएअनुसार बैंकका कार्डवाहक, प्रिभिलेज कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले टीका रिसोर्टमा २० प्रतिशतसम्म आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ बैंकले देशभरका दुई सय शाखा, एक सय ६८ एटिएम, तीन विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
ग्राहकको हितको मध्यनजर गर्दै पछिल्लो समय बैंकले यस्ता कार्यहरुलाई तिब्रता दिंदै आइरहेको छ ।