नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैलेखमा देखिएको पेट्रोलियम पदार्थले नेपालको सर्वाङ्गीण बिकासमा निकै सहज भूमिका निभाउने बताउनुभएको छ । बिहीबार उद्योग मन्त्रालयमा पत्रकार संग कुरा गर्दै मन्त्री भन्डारीले प्रारम्भिक अनुमान र ड्रीलिङको काम सकिएको छ अब हामी उत्पादनको क्षेत्रमा प्रवेश गर्नका लागि बजेट लगायत अन्य कुराको आवश्यकता पर्छ त्यसमा अर्थ मन्त्रालय लगायत अन्य निकायसंग छलफल गरी कमसेकम एक वर्षभित्र त्यहाबाट निस्कने चीज प्रयोगमा ल्याउन लाग्ने बताउनुभएको छ । साथै उहाँले यदि राम्रोसँग पेट्रोलियम पदार्थ निकाल्न सकियो भने नेपाललाई करीब पचास वर्ष पुगर्ने तेल रहेको पुष्टि भएको बताउनुभयो ।