गएको चैत १५ मा राजावादीको हुलदंगामा भएको क्षतिमा करिब ४ करोड २१ लाख रुपैयाँको बिमा दाबी परेको छ । त्यस्तै, असोज दोस्रो साता आएको बाढीपहिरोले पुर्याएको क्षतिमा जेठ २८ गतेसम्म ३ हजार ७१२ वटा आवेदन दाबी० बाट १२ अर्ब २७ करोड ५७ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको हो ।
नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार राजावादीको हुलदंगामा भएको क्षतिमा जेठ २८ गतेसम्म ४ करोड २१ लाख ८० हजार रुपैयाँ बराबर बिमा दाबी परेको हो । ५० वटा बिमा दाबीमार्फत उल्लिखित रकम बराबर बिमा दाबी परेको हो । हालसम्म परेको दाबीअनुसार २४ वटा निजी गाडी, २१ वटा घर तथा व्यवसाय सम्पति १ वटा इन्जिनियरिङ तथा ठेकेदार जोखिम र अन्य २ वटा गरी कुल ५० वटा दाबी परेको प्राधिकरणले जनाएको छ ।गत चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको आन्दोलनले दुई जनाको ज्यान लिएको समेत जनाइएको थियो ।