प्रचण्ड भेट्न विप्लव खुमलटार

नेकपाका महासचिव नेत्रविक्रम चन्दले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नुभएको छ । प्रचण्डलाई भेट्न विप्लव आज शनिबार खुमलटार पुग्नुभएको छ । पछिल्लो समय विप्लवले राजनीतिक भेटवार्तालाई तिव्रता दिइरहनुभएको छ ।

नेसपा नयाँ शक्तिका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटेका विप्लवले आज भने प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो। पछिल्लो समय नेकपा र माओवादी केन्द्रबीच पनि एकताको हल्ला चलेको छ ।

तर, विप्लवले सार्वजनिक कार्यक्रममार्फत नै एकताको लागि माओवादी नेतृत्व पँक्ति गम्भीर नबनेको आरोप लगाउने गर्नुभएको छ । प्रचण्डले भने भर्खरै नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठ समूहसँग एकता गर्नुभएको हो । श्रेष्ठ अहिले माओवादी केन्द्रको सचिवको जिम्मेवारीमा हुनुहुन्छ ।