पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल सोमबारसम्म विशेष अदालतमा हाजिर हुने भएका छन्।
पतञ्जली जग्गा प्रकरणमा अख्तियारले नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। नेपालमाथि १८ करोड ५८ लाख रुपैयाँ बिगो र सजाय मागदाबी छ, तर अहिलेसम्म म्याद पुर्जी भने काटिएको छैन। यस काण्डका कारण माधव नेपालको सांसद पद समेत निलम्बनमा परेको थियो ।