भारतको एउटा प्रान्तजत्रो मुलुक छैन् त्यसैले संघीयता काम छैन : राप्रपा अध्यक्ष लिङ्देन

राजेन्द्र लिङ्देन

मुलुक संघीयतामा जानु र पूर्वराष्ट्रपतिले लिएको सुविधाबारे राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भन्छन

मुलुकमा तिनतहको संरचना छ, भारतको एउटा प्रान्त जस्तो जनसङ्ख्या छैन । यति धेरै जनप्रतिनिधिको सङ्ख्या छ । वडा सदस्यदेखि लिएर राष्ट्रपति, उपराष्ट्रपतिमात्रै होइन, पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई समेत जनताको कर र विदेशीसँग ऋण लिएर तलबभत्ता खुवाएर पाल्नुपरेको छ । यस्तो व्यवस्थालाई देशको अर्थतन्त्रले धान्न सक्दैन ।