सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा कसले पाउँछ किन्न ?

Siddhartha bank

सिद्धार्थ बैंकले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले दुईजना संस्थापक सेयरधनीको नाममा रहेको एक लाख ७६ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकका अनुसार यो सेयर आमसर्वसाधारणले खरिद गर्न सक्नेछन् । यसअघि बैंकले विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्री खुलाएको थियो । तर, तोकिएको समयमा पर्याप्त आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुलाएको हो ।

खरिदकर्ताले एक हप्ताभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या उल्लेख गरी बैंकको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्ने बताइएको छ ।