दार्चुला जिल्ला अदालतका न्यायाधीश पुष्पराज पाण्डे सर्वोच्च तानिएका छन् ।
आचरणको प्रश्न उठेपछि उनको जिम्मेवारी खोसिएको हो ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले जिल्ला न्यायाधीशको जिम्मेवारीबाट मुक्त गर्दै सर्वोच्च अदालतमा हाजिर हुनेगरी काजमा राखेका छन् । न्यायाधीश पाण्डे विशेष अदालतको प्रवक्ता रहेकै बेला जिल्ला न्यायाधीशमा नियुक्ति पाएका थिए ।
न्याय परिषद स्रोतले जनाए अनुसार पाण्डेको आचरणको विषयमा प्रश्न उठेपछि सर्वोच्च तानिएको हो । त्यसअघि उनको आचरण ठिक नभएको भन्दै परिषदमा उजुरी परेको थियो ।
परिषदका जना सदस्यलाई जिम्मेवारी र कार्यादेश तोकेर छानविन प्रक्रिया अघि बढाइने छ । छानविनको अन्तिम टुंगो नलागेसम्म न्यायाधीश पाण्डे मुद्दा हेर्नबाट वञ्चित हुने भएका छन् ।