नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताले अब हामीबाट केही आस नगरेको बताएका छन् । आईतबार एक कार्यक्रममा बोल्दै थापाले मुलुकको हरेक अफ्ठेरो समयमा नेपाली कांग्रेसले प्रतिनिधित्व गरेका तथा २०४६ पछिपनी धेरै समयमा सत्तामा कांग्रेस बसेको कारण पनि जनतामा आसा जोगाउने काम काँग्रेसले गर्नुपर्ने बताएका छन् । साथै थापाले २०४६ सालपछि मुख्य नेतृत्वमा बसेका व्यक्ति वा तिनको आसेपासे सबैको छानबिन गरी सत्यतथ्य बाहिर ल्याएमात्र जनतामा आसा जाग्ने बताएका छन् ।