नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक गरेको छ । अघिल्लो संस्करणको सफलतामा आधारित अपग्रेड गरिएको बीवाईडी डल्फिन २०२५ मा थुप्रै विशेषताहरू समावेश गरिएका छन् । यसमा ईभी उद्योगमै पहिलो पटक लिथियम आइरन फस्फेट एलएफपी लो भोल्टेज ब्याट्री एलभीबी प्रयोग गरिएको छ ।
यसमा परम्परागत लिड–एसिड ब्याट्रीलाई विस्थापित गरेको छ । यो ब्याट्री पारम्परिक ब्याट्रीभन्दा ६ गुणा हल्का, ५ गुणा कम सेल्फ डिस्चार्ज हुने विशेषतायुक्त छ भने यसको आयु १५ वर्ष सम्म हुन सक्ने छ । यसले लो–भोल्टेज इनर्जी स्टोरेज र विश्वसनियतामा नयाँ विश्वस्तरीय मापदण्ड निर्धारण गरेको छ। एलएफपी लो भोल्टेज ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी उपलब्ध हुनेछ ।