मुस्ताङको एक स्वास्थ्य सेवा केन्द्रलाई सांग्रिला बैंकको सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकले मुस्ताङको घरपझोङ गाउँपालिका– ३, स्याङ गाउँस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई स्वास्थ्य सामग्री अर्थात् अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा बैंकको जोमसोम शाखाका प्रबन्धक टासी थकालीले स्वास्थ्य सेवा केन्द्रकी अनमी आसमाया परियार तथा वडासदस्य वीरप्रसाद थकालीलगायतलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरे । सो अवसरमा शाखा प्रबन्धक थकालीले बैंकले प्रत्येक वर्ष विभिन्न संघ–संस्था र विद्यालयमा स्वास्थ्य तथा शैक्षिक सामग्री तथा छात्रवृत्ति उपलब्ध गराउँदै आएको र यही क्रमलाई आगामी दिनमा पनि जारी राख्ने बताए ।

स्वास्थ्य सेवा केन्द्रकी अनमी परियारले अक्सिजन कन्सेन्ट्रेटरले विशेष गरी दम र निमोनियाका बिरामीको उपचारमा सहयोग पुग्ने बताइन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यस्ता कार्यहरू उल्लेख्य रूपमा गदै आइरहेको छ