पशुपतिमा शव जलाउने मेसिनमा समेत भ्रष्ट्राचार अख्तियारले दायर गर्यो मुद्दा

अख्तियार

पशुपतिमा शव जलाउने विद्युतीय मेसिन (फर्नेस) खरिदमा भ्रष्टाचार गरेको आरोमा १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सदस्यसचिव मिलनकुमार थापासहितविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले कोषका बोर्ड सदस्य तथा कर्मचारी तथा ठेकदारलाई पनि प्रतिवादी बनाएको छ। १४ व्यक्ति र २ कम्पनीविरुद्ध आयोगले मुद्दा दायर गरेको हो।