काठमाडौँको चन्द्रागिरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
चन्द्रागिरि नगरपालिका–१५ स्थित ढुङ्गेअड्डामा ट्रकले थानकोट तर्फ जाँदै गरेको ना।६ ख ८६७४ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
मृत्यु हुनेमा हुम्ला घर भएर तीनथान बस्ने करिब २२ वर्षीय धिरेन्द्र भियाल छन्।
गएराति साढे ८ बजेतिर उक्त ट्रकले बा.६३ प २०७७ नम्बरको होण्डा र बागमती प्रदेश–०२–०४९ प ४९५७ नम्बरको यमाहा मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा अर्को मोटरसाइकल चालक ५० वर्षीय मुक्ति नारायण श्रेष्ठ घाइते भएका छन्। उनको कलङ्की स्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।