चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनाको लागि जीप सफारी बन्द हुने भएको छ ।
वर्षायाम सुरु भएसँगै निकुञ्ज प्रशासनले असार १५ गतेदेखि सफारी बन्द गर्ने निर्णय गरेको हो ।
वर्षा र हावाहुरीले रुखहरु ढल्दा सफारी गर्ने सडक अवरुद्ध हुने भएकाले अब दशैँ (असोज)लाई लक्षित गरेर मात्र पुनः सूचारु गर्ने निकुञ्जले जनाएको छ ।
हाल निकुञ्जमा एउटा जीपले पाँच हजार, विदेशी पर्यटकले दुई हजार, सार्क मुलुकका पर्यटकले एक हजार र नेपाली पर्यटकले १५० प्रवेश शुल्क तिर्दै आएका छन् ।
जीप सफारीको लागि एक वर्षमा दुई लाख हारहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु निकुञ्ज पुग्ने गरेका छन् ।