रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु

रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका– १० बर्नेटीकी ५० वर्षीया गनेशा ओलीको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरभित्र रहेको मिटर बक्समा चट्याङ पर्दा गणेशा एक्कासी बेहोस भएकी थिइन् ।

तत्काल उद्धार गरी उनलाई जिल्ला अस्पताल सल्ले पुर्‍याएकामा चिकित्सकले गएराति नै मृत्यु भएको घोषणा गरेको जनाइएको छ ।