रास्वपा उपसभापति एबं सांसद डा . स्वर्णिम वाग्लेले अहिलेको सरकार अराजक निकम्मा र भ्रष्टाचारमा लिप्त भएका कारण जसरी पनि यसलाई ढाल्ने पक्षमा आफूहरू रहेको बताएका छन् ।
सोमबार पत्रकारसँग कुरा गर्दै वाग्लेले यस सरकार ढालेर नयाँ बन्ने जुनकुनै सरकारलाई बरु आफूहरू सहयोग गर्ने बताएका छन् । आम जनतालाई रास्वपामा बढी विश्वास भएका कारण सरकारमा गाएको थियौं चारवटा मन्त्रालय लिएर उल्लेख्य काम गरेका पनि थियौं ।
हाम्रो सभापति रवि लामिछानेले लिएको मन्त्रालय र गरेका कामका कारण सबैको आँखाको तारो हुनुभएको थियो । त्यसैले यिनीहरूले अनेक खेल खेलेको र आफ्नो सभापतिलाई अफ्ठेरो पारेको समेत आरोप लगाएका छन् ।