शैलेन्द्र बज्राचार्यको लेखन र निर्देशनमा तयार पारिएको लघु फिल्म ‘खाली सिसी नया कागज’ सार्वजनिक गरिएको छ।
वर्तमान युवापिँढीको विदेशी मोहका कारण वृद्ध वृद्धाले भोगिरहेको एक्लोपन र उनीहरूको मानसपटलमा परेको प्रभाव तथा जीवनका कठिन मोडलाई कलात्मक ढङ्गले चित्रण गरिएको लघु फिल्ममा मुकुन्द श्रेष्ठ, रचना सिंह, अफ्शान पन्थी, रवीन्द्र नेपाल, सुमन थापा, विनोद लामा, मनिला रानालगायतले अभिनय गरेका छन्।
त्यसैगरी निराजन सेंढाइको छायांकन तथा किरण श्रेष्ठ र सन्दीप श्रेष्ठको सम्पादन रहेको छ।