रास्वपा र रविजिलाई अन्याय नहोस् भनेर धेरै प्रयास गरेकै हो :प्रचण्ड

भिजिट भिसा प्रकरणका लागि बनेको छानबिन समितिमा रास्वपाको असहमतिबारे माओवादी केन्द्र अध्यक्ष प्रचण्ड भन्छन् यसमा अहिले उहाँहरूलाई धेरै भन्न चाहन्न। रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर मैले अन्तिम समयसम्म प्रयास गरेको, अझै गर्दैछु। रास्वपाका साथीहरूले एकदिन बुझ्नुहुन्छ ।
केही समय माओबादी र राष्ट्रिय स्वतन्त्र पार्टी एकै कित्तामा रहेर विरोध गरेपनि पछिल्लो समय माओबादीले सत्तासीन दलहरुलाई सहयोग गरेको छ ।