सर्वोच्च अदालतले राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमावली कार्यान्वयन स्थगन नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
उपभोक्ता हित संरक्षण मञ्चले गत जेठ २९ गते दायर गरेको रिटमा आज मंगलबार अन्तरिम आदेश जारी भएको हो । यसअघि असार १ गते भएको सुनुवाइपछि आज दुबै पक्षलाई बोलाइएको थियो ।
सर्वोच्चको अन्तरिम आदेशमा सार्वजनिक यातायात बन्द हड्ताल नगर्नसमेत निर्देशनात्मक आदेश जारी भएको छ ।