राम्रो सोचेर ल्याएको ‘टेक एण्ड पे’ नीतिले नराम्रो गर्लाजस्तो भयो हटाइयो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टेक एन्ड पे’ प्रणाली राम्रो नियतले ल्याएको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा सोधेका प्रश्नको उत्तर दिँदै प्रधानमन्त्रीले नराम्रो गर्लाजस्तो भएपछि उक्त प्रावधान हटाइएको बताए।

आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रले निर्माण गर्ने नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता पिपिए टेक एन्ड पे प्रावधानअनुसार मात्र गर्ने उल्लेख थियो। कांग्रेस सभापति शेरबहादुर देउवाले नै असहमति जनाएपछि सरकारले सो प्रावधान हटाएको छ।
यद्यपि ऊर्जा व्यवसायीहरुले टेक एण्ड पे को बारेमा निरन्तर रुपमा असहमत जनाइरहेका थिए ।

यस विचार पनि पढ्नुहोस् उर्जाक्षेत्रको टेक एण्ड पे नीतिले समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्छ : प्रकाश दुलाल