भ्रष्टाचार मुद्दामा माधव नेपालको विशेष अदालतमा बयान शुरू

madhav nepal

भ्रष्टाचारको मुद्दामा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालको विशेष अदालतमा बयान सुरु भएको छ ।

तीन जना न्यायाधीशको इजलासमा उनको बयान भइरहेको छ । न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलास नम्बर २ मा नेपालको बयान लिइँदैछ ।

नेपालको बयान सकिएपछि थुनछेक बहस हुनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रधानमन्त्री भएका बेला पतञ्जलि आयुर्वेद तथा योगपीठ नेपाललाई जग्गा खरिद गर्दा हदबन्दी छुट दिएको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

माधव नेपालका कानूनी व्यवसायीका अनुसार, अदालतमा उपस्थित हुनका लागि निवेदन दर्ता भइसकेको छ र सोही निवेदनका आधारमा मुद्दाको पेसी तोकिनेछ। आजबाट सुरु हुने बयानलाई छिटोछरितो रुपमा टुङ्ग्याउने योजना रहेको छ ।