क्याप्टेन विजय लामा लेख्छन् –
पाइलट तथा कलाकार विजय लामाले हालको समयलाई आफ्नो करिब चार दशकको हवाइ करिअरमै सबैभन्दा चुनौतीपूर्ण बताएका छन्। उनले युुद्धका कारण खुला आकाश साँघुरिँदा वैकल्पिक मार्गबाट उड्नुपर्ने, खराब मौसम र आकस्मिक हवाइक्षेत्र बन्दजस्ता अवस्थाले पाइलटहरू दबाबमा परेको बताए। तर, ‘ Expect the Unexpected ‘सिद्धान्तअनुसार तालिमप्राप्त पाइलटहरू सबै चुनौती सामना गर्न सक्षम भएको उल्लेख गर्दै उनले यात्रुहरूलाई निर्धक्क यात्रा गर्न आग्रह गरेका छन्।