सिटिजन्स बैंकको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाटनै कर्जा लिने सुविधा सुरु

citizen bank

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ । बैंकले मोबाइल एपबाट नै मुद्दती निक्षेपको आधारमा कम्तिमा ५ हजारदेखि ऋण लिन सक्ने सुविधा ल्याएको हो।

बैंकका अनुसार यस योजना अन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा रु २ लाख रुपैयाँ सम्म ऋण लिन सक्नेछन् । सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन ।