सत्तारुढ नेकपा एमाले दोस्रो राष्ट्रिय विधान महाधिवेशनको तयारीमा जुटेको छ।
बुधबार बसेको एमाले सचिवालय बैठकले यसबारे छलफल गर्दै तयारी अगाडि बढाउन अध्यक्ष केपी शर्मा ओलीसहित ३ नेतालाई जिम्मेवारी दिइएको एक नेताले जानकारी दिए।
पार्टी अध्यक्ष ओलीलाई राजनीतिक प्रतिवेदन पेस गर्ने, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलाई संगठनात्मक प्रस्ताव तयार पार्ने जिम्मेवारी बैठकले दिएको छ।
एमालेले आउने भदौमा विधान महाधिवेशन गर्दैछ।
७० वर्षे उमेरहद र दुई कार्यकालको मुद्दा चर्किएकाले विधान महाधिवेशनबाट एमालेले त्यसको टुंगो लगाउने छ।
त्यस्तै बैठकले पार्टी सदस्यता नवीकरणका लागि १५ दिन म्याद थप समेत गरेको छ।
अब असार १५ गतेसम्म प्रदेश र असार मसान्तसम्म केन्द्रमा नवीकरणको विवरण आइसक्नुपर्नेछ।