नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ।
हिजो बढेको युरो, पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य आज पनि बढेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०३ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा थियो।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरो एकको खरिददर १५९ रुपैयाँ ४९ र बिक्रीदर १६० रुपैयाँ १८ पैसा छ। हिजो युरो एकको खरिददर १५९ रुपैयाँ ३६ र बिक्रीदर १६० रुपैयाँ ०५ पैसा थियो।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८७ रुपैयाँ र बिक्रीदर १८७ रुपैयाँ ८२ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७३ पैसा थियो।
त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६६ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४० पैसा र बिक्रीदर ८९ रुपैयाँ ७९ पैसा थियो।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ३० पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४५० रुपैयाँ ९२ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६५ रुपैयाँ ९८ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६१ पैसा थियो।