मीटरब्याज पीडितलाई प्रहरीको धम्की

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीसहित उच्च अधिकृतहरुमाथि मीटरब्याज पीडितलाई धम्क्याएको आरोप छ ।

मीटरब्याज लिएर आफ्नो सम्पत्ति हडप्ने प्रपञ्च गरेको दाबी गर्दै परेको जाहेरी दर्ता नै नगरी उल्टै पीडितलाई धम्काएको आरोप उनीसहित जिल्ला प्रहरी कार्यालयका डिएसपी, सहायक जिल्ला न्यायाधिवक्तामाथि पनि लागेको छ ।

तिलोत्तमा नगरपालिका–३, शंकरनगरकी विमलाकुमारी श्रेष्ठले पूर्वबैंकर तथा व्यवसायी पशुपति घिमिरे र उनकी श्रीमती राधादेवी पौडेलविरुद्ध पछिल्लोपटक गत जेठ १४ गते हुलाकमार्फत जाहेरी दिएकी हुन् ।

पटकपटक प्रहरी कार्यालय पुगेर जाहेरी दिँदा दर्ता गर्न नमानेपछि उनले अन्तिम विकल्पको रुपमा हुलाकमार्फत् जाहेरी पठाएको बताइन् । उनले ‘कि कानुनी कारबाही गर्न, कि दरपीठ गरिदिन’ आग्रह गरेकी छन् ।

श्रेष्ठका अनुसार प्रहरी र प्रशासनले हदम्याद ग्रुज्रिएकाले मीटरब्याजको कसूर आकर्षित नहुने, लगेको पैसा तिर्नुपर्ने, घर खाली गर्नुपर्नेलगायत कारण देखाएर निरुत्साहित पार्दै आएका छन् ।

भन्छिन्,‘मैले न्याय मागेको हो, तर पीडकसँग मिलेर उल्टै दबाब दिने काम भएको छ । जाहेरी दर्ता हुँदैन, तामेलीमा राख्ने अधिकार छ भनेर सँधै फर्काउँछन् ।’ भण्डारी र घिमिरे पीडक पशुपतिको गृहजिल्ला गुल्मीका छिमेकी हुन् ।

यो उदाहरण धेरैमा लागेकाले प्रहरी र प्रशासनका काम के भन्ने प्रश्न खडा भएको छ ।