कैलाालीमा एक वृद्धको मृत्यु, भाञ्जामाथि आशंक

कैलालीमा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् । लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी हिजो बुधबार साँझ साढे ५ बजेतिर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जैशी भान्जा नाता पर्ने सोही ठाउँका ५५ वर्षीय बर्मा भण्डारीको आगनमा लडेको अवस्थामा मृत फेला परेको हो ।

मृतकको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन । तर, मामा र भान्जाबीच आर्थिक लेनदेनको कुरा जोडिएकाले अनुसन्धानका लागि भण्डारीलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।

मृतकको शव घटनास्थलबाट उठाइएको छैन । उनका छोरा काठमाडौंबाट आइरहेका कारण शव नउठाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान जारी रहेको छ ।