विद्युतमा “टेक एण्ड पे” निती हटेपछि ऊर्जा व्यवसायी उत्साहित

सरकारले बजेटमार्फत विद्युत खरिद सम्झौता पीपीए० मा विवादित ‘टेक एण्ड पे’ नीति हटाएपछि निजी ऊर्जा क्षेत्रबाट सकारात्मक संकेत आउन थालेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान०ले अब लगानी विस्तारमा ढुक्क हुने वातावरण बनेको प्रतिक्रिया दिएको छ।

इप्पानका अनुसार पछिल्लो २५ वर्षमा नेपालको कुल ३६०० मेगावाट उत्पादन क्षमतामध्ये ८० प्रतिशतभन्दा बढी हिस्सा निजी क्षेत्रले ओगटिसकेको छ। अझै निर्माणाधीन जलविद्युत आयोजनाहरूमा त यो ९० प्रतिशतसम्म पुगेको इप्पानको दाबी छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा ‘टेक एण्ड पे’ मोडलमा विद्युत् खरिद गर्ने नीति सार्वजनिक गरेसँगै निजी क्षेत्रबाट तीव्र विरोधको लहर उठेको थियो। यसले खासगरी रन अफ रिभर आयोजना जुन नेपालमा बहुलतामा छन्,जसलाई प्रत्यक्ष असर पार्ने देखिएपछि इप्पान आन्दोलनमा उत्रिएको थियो।