नेसनल लाइफ इन्स्योरेन्सकी अध्यक्षले लिईन् पद तथा गोपनीयताको शपथ

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीकी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । सिंहले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाबाट पद तथा गोपनीयताको शपथग्रहण गरेकी हुन् । कम्पनीको ५ असारमा सम्पन्न ३७औ वार्षिक साधारणसभाबाट सिंह कम्पनीको सञ्चालक समिति अध्यक्षमा सर्वसम्मतले पुन: निर्वाचित भएकी थिइन ।