विपत् जोखिम न्यूनीकरण गर्न सुशील केडिया सेवा फाउन्डेसनले उपत्यका प्रहरी कार्यालयलाई उद्धार सामग्री हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएका सामग्रीमा रबर बोट, लाइफ ज्याकेट, बुटलगायत छन् ।
फाउन्डेसनका अध्यक्ष सुमित केडियाले उपत्यका प्रहरी कार्यालय, रत्नपार्कका प्रहरी प्रमुख टेकबहादुर तामाङलाई सो सामग्री वितरण गरेका हुन् ।सामग्री ग्रहण गर्दै प्रहरी प्रमुख तामाङले विपत्को कुनै निश्चित समय नहुने र यसको उद्धार तथा व्यवस्थापनका लागि सरकारी संयन्त्रका साथै सबै पक्षको सहकार्य र जागरुकता आवश्यक रहेको बताए ।
काठमाडौं बाढीपहिरोको जोखिम क्षेत्र रहेकाले आमनागरिकको जीवन सुरक्षाका लागि सामग्री वितरण गरेको अध्यक्ष केडियाले बताए । यस फाउन्डेसनले स्थापनाकाल देखिनै विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ । सामाजिक काम र सीएसार अन्तर्गत सहयोग यस संस्थाले अग्रपङ्क्तिमा गर्छ ।