प्रचण्डको आत्मालोचना : ६४ पछि तल्लो वर्ग भुल्यौँ गल्ती भयो

नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियामा आएपछि पार्टीले आफ्नो आधार वर्ग र जनतासँगको सम्बन्धलाई कमजोर बनाएको भन्दै गल्ती स्वीकार गरेका छन्।

उनले पार्टी र नेतृत्वले ट्रेड युनियन जस्ता मजदुर संगठनहरूलाई बेवास्ता गर्दा जनतासँग नाता टुटेको भन्दै आत्मआलोचना गरेका हुन्।

बिहीबार अखिल नेपाल ट्रेड युनियन महासंघको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘जनयुद्धकाल र २०६४ सालसम्म हामी मजदुर र श्रमिकसँगै थियौं, हाम्रो शक्ति त्यही थियो। तर, पछि हाम्रो ध्यान त्यहाँबाट हट्यो, हामीले गल्ती गर्‍यौं।’