प्रतिक्षित डिजिटल मार्केटिङ प्ल्याटफर्म अमेजनका संस्थापकसमेत रहेका विश्वका तेस्रो धनी व्यक्ति जेफ बेजोसले आज राति दोस्रो बिबाह गर्दैछन् ।
६१ वर्षीय उनले ५५ वर्षीया लरेन सान्चेजसँग बिहे गर्न लागेका हुन् । सान्चेज पूर्व पत्रकार एंव पाइलटसमेत हुन् ।
सन् २०१९ मा पहिलो श्रीमती म्याक स्कटसँग डिभोर्स गरेका बेजोस दुई वर्षदेखि सान्चेनसँग प्रेममा थिए ।
सन् २०२२ मा लण्डनमा आयोजित एक फिल्म प्रिमियरमा सँगै देखिएपछि उनीहरुको प्रेम सम्बन्धले चर्चा पाएको थियो ।
दुवै जना अमेरिकी नागरिक रहे पनि बिबाह भने इटालीको भेनिसमा गर्दैछन् । हिजोदेखि शुरु भएको बैबाहिक समारोहमा विश्वका प्रतिष्ठित कलाकार, व्यवसायी, राजनीतिज्ञ, खेलाडीलगायतले सहभागिता जनाउँदैछन् ।
चर्चित अभिनेत्री किम कार्दिशियन, ओपरा विन्फ्री, इवान्का ट्रम्प ९डोनाल्ड ट्रम्पकी छोरी०, टोम ब्रेडी ९फुटबलर०सहित युरोपका चर्चित अनुहार भेनिस पुगिसकेको तस्वीर बाहिरिएका छन् । कतिपय सेलिब्रेटीहरु भने त्यहाँ पुग्दैछन् ।
बिहेको लागि बेजोसले पाँच अर्ब खर्च गर्न लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भेनिसको एक टापुमा चलिरहेको समारोहमा सहभागी हुन आउने पाहुनाको लागि बेजोसले इटालीको सरकारसँग कम्तिमा ९५ वटा जहाज अवतरणको लागि अनुमति समेत लिइसकेका छन् ।
बाँकी पाहुना सामुद्रिक जहाजमार्फत् पुग्ने बताइएको छ ।