काठमाडौं, असार १४ – कागेश्वरी मनोहरा एकता सेवा समाजको आयोजना तथा कागेश्वरी मनहरा नगरपालिकाको सम्वन्यमा पाँच दिने निशुल्क भाषण कला एवम् प्रशिक्षक, प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

पेप्सीकोलास्थित स्टार ब्याङ्क्वेट, रुद्राक्षा कम्प्लेक्समा आज पुर्व मन्त्री तथा संघिय संसद मिन विश्वकर्माले कार्यक्रमको उद्घाटन गरेका छन् ।
प्रमुख प्रशिक्षकका रूपमा मिन बिश्वकर्मा, प्रा डा शोभाकर पराजुली, अपाङ्ग महासंघका केन्द्रीय अध्यक्ष डेक राज भट्टराई, सामाजिक अभियन्ता वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, सञ्चारकर्मी जय दुर्गा बुढाथोकी तथा उर्मिला सुबेदीलगायतले कार्यक्रमको सहजीकरण गर्नेछन् । उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरिशरण नेपाली ,कागेश्वरी मनहरा नगरपालिका प्रमुख उपेन्द्र कार्की , लगायत समाजसेवीहरुको उपस्थिती रहेको थियोे । मनोहरा एकता सेवा समाजका महासचिव टंकनाथ पौडेलका अनुसार ,नगरबासीलाई एकतावद्व र एकअर्का प्रती अपनत्व जागृत गर्दै ,बोल्ने सिपको विकास गरि क्षमता अभिवृद्धिको लागि कार्यक्रम आयोजना गरेका बताए ।
तालिमले सहभागिहरूमा आत्मविश्वास, प्रभावकारी बोल्ने कला र सार्वजनिक उद्घोषण क्षमतामा अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। समाजले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ।

समाचार : कृष्णप्रसाद धिताल
                        
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
                                            
                                                    
                            