आमाको नामबाट नागरिकता पाउने व्यवस्थाको विधेयक बहुमतले पारित

नागरिकताcitizenship

आमाको नामबाट नागरिकता पाउने व्यवस्था सुनिश्चित गर्नका लागि नेपाल नागरिकता दोस्रो संशोधन विधेयक बहुमतले पारित भएको छ ।

विधेयकमा ‘नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिए बमोजिम स्वघोषणा गरेमा अंगिकृत नेपाली नागरिकता प्राप्त गर्न सक्ने’ व्यवस्था राखिएको छ ।

त्यस्तै, १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एक जना नेपाली नागरिक रहेको नाबालकलाई नाबालक परिचयपत्र दिन सकिने व्यवस्था विधेयकमा राखिएको छ ।