नबिल बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्कासन गर्न अनुमति पाएको हो । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ ।
जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता सार्वजनिक निष्कासन गर्नेछ । आठवर्षे अवधि र वार्षिक ७ प्रतिशत ब्याजदर हुने यो ऋणपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।