पहिरो खस्दा कर्णाली राजमार्ग सहित ६ जिल्ला अवरुद्ध

वर्षासँगै खसेको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक अन्तर्गत कालिकोटको गगने खोला र दैलेखको जितेमा पहिरो खसेको हो।

पहिरो खस्दा आज सोमबार बिहानदेखि सवारी आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ।

हिजो आइतबार बेलुका देखिको वर्षाले पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
अहिले जेसीभीको सहयोगमा पहिरो हटाउने काम भइरहेको छ।

यस्तै, पहिरो बगिरहेको कारण अहिले त्यहाँ सवारी सञ्चालन गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

पहिरो हटाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको मेसिन मगाइएको छ।

सडक अवरुद्ध हुँदा कालिकोट, जुम्ला मुगु, बाजुरा, हुम्ला र सुर्खेत आवतजावत गर्ने मालबहाक तथा सार्वजनिक यातायातका साधन रोकिएका छन्।