मुगु जिल्ला केन्द्रबिन्दु भएर लगातार दोस्रो दिन आज असार १६ गते सोमबार पनि भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ३९ मिनेट जाँदा मुगुको कोटडाँडा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो।
हिजो असार १५ गते मात्र मुगुकै जिमा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ८ म्याग्नच्युडको भूकम्प गएको थियो।
५ म्याग्निच्युडभन्दा मुनिका भूकम्पले क्षति हुने सम्भावना खासै नहुने भूकम्पविद् बताउँछन्।