रवीन्द्र खत्री उपरथीमा बढुवा

नेपाली सेनाका सहायक रथी रवीन्द्र खत्री उपरथीमा बढुवा हुनुभएको छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खत्रीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

गएको जेठमा मन्त्रिपरिषद् बैठकले सहायक रथीको पहिलो चार वर्षे पदावधि पूरा गरेका खत्रीको पदावधि थप गर्ने निर्णय गरेको हो।

नेपाली सेनाको सिफारिसमा खत्रीको ७ महिना ८ दिन म्याद थप भएको थियो। तर म्याद थप गरिएको एक महिनामै उनी उपरथीमा बढुवा हुनुभएको हो ।

उहाको जेठ १६ गतेबाट लागू हुने गरी पुस २४ गतेसम्म सहायक रथीको पदावधि थप गरिएको थियो।

खत्री यसअघि युद्ध कार्य निर्देशनालयको निर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँ २०७८ जेठ १७ गते उनी सहायक रथीमा बढुवा हुनुभयो । बढुवापछि संगठन निर्देशनालयमा पदस्थापन भएका खत्रीले जनसम्पर्क तथा सूचना निर्देशनालयमा पनि काम गरिसक्नुभएको छ ।