बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–३ घर भइ हाल काठमाडौंको नागार्जुन नगरपालिका–१० स्युचाटार बस्ने वर्ष ३० का विक्रम चौहान रहेका छन्।
चौहानविरुद्ध ६ लाख १० हजार रुपैयाँ बिगो कायम गरिएको छ।
चौहानविरुद्धको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०८० जेठ २ गतेको फैसलाले २ दिन कैद बिगो बमोजिम जरिवाना र क्षतिपूर्ती बापत २० हजार चार सय पीडित राहत कोषमा बुझाउनु पर्ने ठहर भएको थियो।
हालसम्म फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पठाइएको छ।