काठमाण्डौ महानगरमा नयाँ नेतृत्वको आगमनपछि शिक्षामा उल्लेख्य सुधार

  • Clock icon
    २०८२ असार १९, बिहीबार २३:४८
balen vs sunita

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको नतिजा सुधारका लागि चालेको कदम उदाहरणीय देखिएको छ। गत वर्षको कमजोर एसईई नतिजापछि मेयर बालेन साहको नेतृत्वमा महानगरले परीक्षा सुधार योजना लागू गर्‍यो। चाडपर्वको बिदामा समेत विषयविज्ञसहितको अतिरिक्त कक्षा, विशेष निगरानी, र क्याम्प सञ्चालन गरेपछि २०८१ को एसईईमा उल्लेखनीय सुधार देखिएको छ। महानगरभित्रका ४,०६६ सहभागीमध्ये ७८९ जनाले ३.६१ देखि ४ जिपिए ल्याए, जसमा १७ जनाले पूर्ण ४ जिपिए पाएका छन्। यो अघिल्लो वर्षको तुलनामा ४४.७७ ले बढी हो। शिक्षाको गुणस्तर, विद्यार्थीको मेहनत र शिक्षकको सक्रियता बढेपछि तल्लो जिपिए ल्याउनेको संख्या घट्दो क्रममा छ।

वालेनको वालेनको आगमनपछि महानगर मातहतका विद्यालय शिक्षामा विषयमा विशेष चासो दिएका थिए ।